एकीकृत समाजवादीबाट बनेका चार मन्त्री विदा भए, सम्पत्ति विवरण सार्वजनिक गरेनन्


२३ जेष्ठ २०७९, सोमबार १०:३५ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका चारजना नेताहरू मन्त्री पदबाट विदा भएका छन्।

पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका एकीकृत समाजवादीबाट बनेका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिएका हुन्।

मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्पत्ति विवरण नै सार्वजनिक नगरी बाहिरिएका हुन्।

यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रिमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here