सार्वजनिक यातायातको भाडा घट्यो


२० जेष्ठ २०७९, शुक्रबार १४:५४ मा प्रकाशित

काठमाण्डौ । सार्वजनिक यातायातको भाडा घटेको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि गाडी भाडा पनि घटेको हो ।

यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको छ । नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ९ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here