काठमाण्डौ । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
बैठक अनिनिश्चित कालका लागि स्थगित भएको केन्द्रीय कार्यालयले जनाएको छ । आजको केन्द्रीय समितिको बैठक एकै चोटी असार १५ गते बस्न पनि सक्ने र बीचमा भर्चुअल हुन सक्ने जनाइएको छ ।
स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो । कार्यालयका अनुसार सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको जनाइएको छ ।
सदनमा ह्वीप जारी भएको छ । मन्त्रीहरु केन्द्रीय सदस्य सांसदहरु त्यही केन्द्रित हुनुप¥यो । स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो ।
तर, चुनावपछि बसेको पूर्व स्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने र पदाधिकारी चयन गर्न असार १५ मा भौतिकरुपमै बैठक बोलाउने निर्णय गरेको थियो ।





