सत्ता गठबन्धनबारे बाबुराम भट्टराईको टिप्पणीः ‘हिलोको किलो झैँ हल्लने’ गठबन्धन


२० जेष्ठ २०७९, शुक्रबार १०:३५ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले फरक धरातलका दलहरूबीचको गठबन्धन सधैँ ‘हिलोको किलो झैँ हल्लने’ टिप्पणी गर्नु भएको छ।

बिहीबार राति ट्विट गर्दै उहाँले त्यस्तो गठबन्धन ‘केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने’ उल्लेख गर्नु भएको छ । त्यसले दीर्घकालमा देश र जनताको हित नगर्ने उहाँको भनाइ छ ।

दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका गम्भीर ढंगले विकल्प सोच्नुपर्नेमा उहाँले जोड दिनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here