पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश


२० जेष्ठ २०७९, शुक्रबार ०६:५० मा प्रकाशित

पोखरा । उच्च अदाल पोखराले करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई थुनामै राख्न आदेश दिएको छ।

न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दिएको आदेशलाई सदर गरेको हो।

पुर्पक्ष थुनामा राख्ने आदेशविरुद्ध शाहले गत चैत १८ र वैशाख १३ गते उच्च अदालतमा निवेदन दिएका थिए।

आफूमाथि करणी अभियोग लागेपछि ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए।

१० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here