राप्रपाको चुनावी एजेन्डाः दुई तहको सरकार, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा


१९ जेष्ठ २०७९, बिहीबार १६:२६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावको समीक्षा गर्दै पार्टीको सम्पूर्ण शक्ति आउँदो संघ र प्रदेशको चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ।

बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिकूल परिस्थितिका बाबजुद पार्टीले स्थानीय तहको चुनावमा लोकप्रिय मत पाए पनि जित भने अपेक्षित हुन नसकेको निष्कर्ष निकालेको छ।

यो चुनावमा पाएको लोकप्रिय मतका आधारमा आउँदो चुनावको तयारी थाल्ने निर्णय राप्रपाले गरेको प्रवक्ता महोन श्रेष्ठले जानकारी दिनुभयो।

राप्रपाले आउँदो संघ र प्रदेशको चुनावी एजेण्डासमेत तय गरेको छ। उसले देशको अवस्था सुधारका लागि अभिभावकीय भूमिकामा राजा रहने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद हुनुपर्ने एजेण्डा अघि सार्ने भएको छ।

राप्रपाले तीन तहको संघीयतालाई खारेज गर्दै अधिकार सम्पन्न स्थानीय तहसहितको दुई तहको शासकीय स्वरुप हुनुपर्ने मत अघि सारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here