काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।
आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नरहेको उहाँले बताउनु भयो ।
पार्र्टीका तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको मोह भंग भइनसकेको बताउनु भयो ।
राम्रो उद्देश्य राखेर एमालेसँग चुनावी तालमेलका साथै पार्र्टी एकता गरेको भए पनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गरेको उहाँले बताउनु भयो ।
‘अहिले कांग्रेस त्यस्तै होला कि भन्ने डर पैदा भएको छ’ प्रचण्डले भन्नु भयो । ‘हामीले मेहनत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिए माओवादीले कांग्रेसलाई ठेगान लगाउने उहाँले धम्की दिनुभयो
यद्यपि आफू अहिले पनि गठबन्धन कायम राख्ने पक्षमा रहेको उहाँकोे भनाई थियो ।
एमालेको जस्तो अहंकार कांग्रेसमा नआओस भन्ने मात्र चाहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले, ‘अहंकार र दम्भ आयो भने फेरि विद्रोह हुन सक्ने जिकिर गर्नु भयो ।





