बिर्तामोडको होटलमा एक व्यक्ति मृत फेला


१८ जेष्ठ २०७९, बुधबार १४:४७ मा प्रकाशित

झापा । झापा बिर्तामोडको एक होटलमा एक युवक मृत फेला परेका छन्।

होटलको ४०१ नम्बर कोठामा ती व्यक्ति मृत फेला परेका हुन्। झापा कोहवराका घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुद्रबहादुर कुँवरले जानकारी दिनुभयो।

२९ बर्षिय भट्टराई बुधबार बिहान कोठाबाट बाहिर ननिस्केपछि शंका लागेर कोठाको ढोका खोल्दा मृत भेटिएको होटलका कर्मचारीले बताएका छन्।

भट्टराई त्यही होटलमा बास बसेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here