साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?


१८ जेष्ठ २०७९, बुधबार १३:४७ मा प्रकाशित

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवकको तलब १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।

उनीहरूले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् । ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वत २०७९ साउन १ गतेदेखि लागू हुने गरी तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु,’ आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताउनु भयो ।‘हाल खाइपाइ आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको उहाँले बताउनु भयो ।

सरकारको यो निर्णयबाट सरकारी शिक्षक तथा कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ । तलब बाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपैयाँ मासिक भत्ता पाउँछने छन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउँने छन् । साथै वर्षको एकपटक पोशाक भत्ता समेत दिइने भएको छ ।

राष्ट्र सेवक कर्मचारीहरूको न्यूनतम तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताउनु भयो ।
,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here