यो बजेट वितरणमुखी र चुनाव लक्षित मात्र छः सांसद लिङ्देन


१८ जेष्ठ २०७९, बुधबार १३:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी वर्षका लागि सरकारले ल्याएको बजेट वितरणमुखी र चुनावलक्षित मात्र भएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले वर्तमान बजेटले आर्थिक महँगी र भ्रष्टचार र सुशासनको विषयलाई समेट्न नसकेको बताउनु भयो ।

साथै, स्रोत र कार्यान्वयनको आधार नै बजेटले प्रस्तुत गर्न नसकेको उहाँको भनाइ छ ।

सांसद लिङदेनले बजेटमा एक घण्टामा चितवन पुग्ने मार्ग बनाउने भन्नलाई आधार र स्रोत के हो भन्दै प्रश्न गर्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here