काठमाडौँ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास दुर्घटना भएको छ।
चालकदलका तीन सदस्य सहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो। यात्रुहरुको सूचिमा ४ भारतीय र २ जर्मन पनि समावेश छन्।
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो।
विमान आइतबार बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो।
विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। उनीसँगै को पाइलट उत्सव पोख्रेल, एसरहोस्टेज क्रिस्मी थापा रहेकी छन्।
यात्रु तथा चालक दलका सदस्यहरुको स्वास्थ्य स्थितीबारे आधिकारीक जानकारी आएको छैन।
पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक सम्पर्कविहिन भएको थियो।





