काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि केहि कानूनमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै थापाले नीति तथा कार्यक्रममा उल्लेख भएजस्तै स्थानीय तहलाई प्रभावकारी बनाउन तत्काल कानूनको सुधार गर्नुपर्ने बताउनुभएको हो ।
त्यस्तै उहाले अर्थतन्त्र समस्यामा पर्न थालेको उल्लेख गर्दै व्यापार घाटा लगायतका बिषय पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाले किसानले मल पाउने समस्या अझै समाधान नभएकाले यसप्रति ध्यान दिन सुझाव दिनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने थापाको भनाइ छ ।
त्यस्तै उहाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीको भनाइ कुण्ठा मात्र भएको बताउनुभयो ।





