ओलीलाई प्रचण्डको प्रश्नः पार्टीभित्रको अन्तर्घात कि सरकारका कारणले पराजय ब्यहोरेको ?


१४ जेष्ठ २०७९, शनिबार १२:४४ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलेका दुई थरी कुरा आफूले बुझ्न नसकेको बताउनु भएको छ । उहाँले ओलीले निर्वाचनका विषयमा दिएको दुई थरी अभिव्यक्ति आफूले नबुझेको बताउनु भएको हो।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘ओलीले एक ठाउँमा आन्तरिक अन्तर्घातका कारण निर्वाचनमा पराजय ब्यहोरेको भनेका छन् । यस्तै, प्रतिनिधिसभामा बोल्दै सरकारका कारणले निर्वाचनमा पराजय ब्यहोरेको बताएका छन् ।’ यी दुईमध्ये कुन कारणले निर्वाचनमा पराजय ब्यहोरेको भन्दै प्रचण्डले ओलीमाथि प्रश्न गर्नुभयो ।

‘अन्तर्घात मूख्य हो वा निर्वाचनको समयमा सरकारले गरेका गतिविधि र लिएको नीति मूख्य हो,’ प्रचण्डको प्रश्न थियो । यद्यपि, निर्वाचनमा भएका कमी कमजोरी र राजनीतिक दलहरूले पनि कमी कमजोरीलाई आगामी दिनमा सच्याउन पर्ने प्रचण्डको भनाइ छ । तर, मतगणना गर्दै गर्दा आफ्नो पक्षमा मत नदेखिएपछि सरकारमाथि धारे हात लगाउने विषय उचित नभएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here