नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक आज पनि बस्दै


१४ जेष्ठ २०७९, शनिबार ०८:२३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (शनिबार) बस्दै छ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो।

सो बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here