काठमाण्डौँका मेयर र उपमेयरको मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैको अग्रता


१२ जेष्ठ २०७९, बिहीबार १३:११ मा प्रकाशित

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ’बालेन’को मत ६० हजार नजिक पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाउनु भएको छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनु भएको छ ।

यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाउनु भएको छ । उहाँले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाउनु भएको छ ।

मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैको अग्रता लिइरहेकाले दुवैको जित सुनिश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here