झापाको बिर्तामोडबाट पाँच जना जुवाडे पक्राउ


११ जेष्ठ २०७९, बुधबार १५:३६ मा प्रकाशित

झापा । झापाको बिर्तामोडबाट जुवा खेलिरहेका पाँच जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिर्तामोड–५ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई तास, कौडा र नगदसहित प्रहरीले पक्राउ गरेको हो।

डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इलामको सुर्येदय– १० का ३० बर्षिय दिलकुमार श्रेष्ठ, बिर्तामोड –५ का ३६ बर्षिय सन्जीव घतानी, ४२ बर्षिय ससुहाङ चेम्जोङ, ३८ बर्षिय डालकुमार राई (घरधनी) र मेचीनगर २ का ४८ बर्षिय भुपु राई रहेका छन्।

जुवा खेलीरहेको अवस्थाबाट १ लाख ७४ हजार ७३५ रुपैयाँ नगदसहित ३ बुक तास र १५ थान कौडासमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेको उनीहरुको इप्रका अनारमनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here