झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं निर्वाचित


६ जेष्ठ २०७९, शुक्रबार ०७:०७ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाई विजयी हुनु भएको छ ।

प्रसाईले ३१०१ मतान्तरले नेकपा एमालेका मीरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । प्रसाईले ११४०३ मत प्राप्त गर्दा भुर्तेलले ८३०२ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा नेकपा एमालेका भवानी प्रसाद खतिवडा निर्वाचित हुनु भएको छ ।

खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी हुनु भएको हो ।

खतिवडाले ८०७४ मत ल्याउँदा तिम्सिनाले ५२१६ मत ल्याउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here