काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले उहाँका प्रतिस्पर्धी केशव स्थापितको वडामा पनि झण्डै दोब्बर मतले अग्रता कायम गर्नुभएको छ। स्थापित आफ्नै वडामा तेस्रो स्थानमा हुनुहुन्छ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नै वडा बासीको समेत अपेक्षित भोट पाउन सक्नु भएको छैन । जारी मतगणनामा स्थापितको वडा नम्बर २९ मा १३ सय ७० मत गन्दा बालेन शाहले ४ सय ६२ मत प्राप्त गर्नु भएको छ।
बालेनपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३ सय २१ मत ल्याउनु भएको छ भने स्थापितले जम्मा २७० मत पाएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अन्य वडाहरुमा बालेनले धेरै मतले अग्रता लिइरहँदा स्थापितलाई उहाँको वडामा भोट आउने आंकलन गरिएको थियो । तर सुरुवाती गणनामा बालेन पहिलो र सिर्जनाले दोस्रो धेरै मत ल्याएका छन् ।





