झापाको बाह्रदशीको अध्यक्ष तथा उपाध्यक्षमा एमालेका चम्लागाईं र शिवाकोटी विजयी


४ जेष्ठ २०७९, बुधबार १०:३८ मा प्रकाशित

झापा । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका देबेन्द्र चम्लागाईं निर्वाचित हुनुभएको छ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै शान्तिदेवी शिवाकोटी निर्वाचित हुनुभएको छ।

अध्यक्षमा निर्वाचित चम्लागाईंले ७१४८ मत ल्याउनु भएको छ भने उपाध्यक्ष पदमा निर्वाचित शिवाकोटीले ६६३६ मत प्राप्त गर्नुभएको छ।

अध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्कप्रसाद राजवंशीले ४३६१ मत पाउनु भयो।

उपाध्यक्षकी प्रतिष्पर्धी राप्रपाकी कमला राजवंशीले ४१९५ प्राप्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here