तिब्बत एयरलाइन्सको विमानमा आगलागी, २५ जना घाइते


२९ बैशाख २०७९, बिहीबार ११:२४ मा प्रकाशित

चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा बिहीबार धावनमार्गबाट उड्ने क्रममा तिब्बत एयरलाइन्सको विमानमा आगलागी हुँदा कैयौँ व्यक्ति घाइते भएका छन् । तिब्बतको लागि उडेको विमानमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । सबैलाई विमानबाट बाहिर निकालिएको छ र घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको सिन्ह्वाले जनाएको छ ।

दुर्घटनामा कम्तीमा २५ जना घाइते भएको विमानस्थल स्रोतले जनाएको छ । राज्य सञ्चालित चाइना ग्लोबल टेलिभिजन नेटवर्कका सीजिटिएन ले दिएको समाचारका अनुसार हताहतको सही संख्या अझै थाहा छैन ।

चाइना सेन्ट्रल टेलिभिजन सीसीटीभीले जारी गरेको भिडियोमा तिब्बत एयरलाइन्सको चौङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानको अगाडिबाट आगो र कालो धुवाँ निस्किरहेको देखाइएको, हङकङको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

मानिसहरू अराजकतामा पछाडिको ढोकाबाट विमानबाट बाहिर निस्केको देखिन्छ। सीसीटीभीका अनुसार आगो नियन्त्रणमा लिइसकेको र धावनमार्ग अहिले बन्द रहेको जनाएको छ ।

विमान तिब्बतको निङ्चीका लागि जाँदै गर्दा आगलागी भएको थियो । घटनाको अनुसन्धान भइरहेको छ । हालैका हप्ताहरूमा चीनमा दुर्घटना भएको यो दोस्रो विमान हो ।

यस दुर्घटनामा २५ जना घाइते भएको बताइएको छ । हालैका हप्ताहरूमा चीनमा दुर्घटना भएको यो दोस्रो विमान हो।
बोइङ ७३७ विमान मार्च १२ मा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here