एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयकाे नियन्त्रणमा, मौन अवधिमा पैसा बाँडेकाे आराेप


२९ बैशाख २०७९, बिहीबार ११:४७ मा प्रकाशित

 लमजुङ | मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेकाे आराेपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेकाे भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएकाे हाे । जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएकाे स्थानीय अनिता सेढाईले बताइन् ।

जाेशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेकाे छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएकाे छ ।  निर्वाचन आयोगले प्रहरीको अनुसन्धान पछी मात्रै अन्य प्रकृया अगाडी बढाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here