ताप्लेजुङको खोक्लिङमा एक युवक मृत भेटिए


२९ बैशाख २०७९, बिहीबार ०८:०३ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा एक युवक मृत भेटिएका छन् ।

खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत भेटिएका हुन् ।

मृत भेटिएका उनी स्काभेटर चालक हुन्।

दोभानका टंक खतिवडाको स्काभेटर चालक उनी दोभानमा काम सकेर भोट हाल्न भनी खोक्लिङमा रहेको घर जाने भनि हिडेका थिए।

अबेरसम्म घर आइनपुगेपछि खोजी गर्दा खोक्लिङको भीरमा मृत भेटिएका हुन् ।

उनको लडेर निधन भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । निधन हुनेमा करिब २५ वर्षीय बिनोद कार्की रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here