धनगढी । कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।
बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्।
उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।





