सुदूरपश्चिममा भूकम्पको धक्का महसुस


२८ बैशाख २०७९, बुधबार १४:३१ मा प्रकाशित

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायकका अनुसार बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको छ । भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला,बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ ।

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ। यसअघि वैशाख ६ गते पनि सुदूरपश्चिमको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here