कांग्रेसका प्रतिनिधि हतियारसहित सर्वदलीय बैठकबाटै पक्राउ  


२८ बैशाख २०७९, बुधबार १३:३९ मा प्रकाशित

गोरखा। नेपाली कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । गोरखामा सर्वदलीय बैठकबाटै बुधबार बिहान गण्डकी गाउँपालिकाबाट मनोज गुरुङ हतियार सहित पक्राउ परेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैंठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको हो ।

हतियार सहित पक्राउ परेका निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको घ्याल्चोक प्रहरी चौकी ले यस विषयमा थप अनुशन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here