काठमाण्डौबाट झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज काठमाण्डौ फर्कियो


२८ बैशाख २०७९, बुधबार १४:५७ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका सदस्य गरी ८७ जना व्यक्ति सवार थिए ।

एअरलाइन्सका प्रबन्धकका अनुसार अहिले जहाजलाई प्राविधिक टोलीले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको छ । जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत देखीए पछी जहाज काठमाण्डौ फर्काइएको होे ।

प्रबन्धकका अनुसार एउटा इन्जिनले काम नगर्दा पनि अर्को इन्जिनले पूर्ण क्षमतामा काम गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको र सुरक्षित अवतरण गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here