९ महिनामा खुले झण्डै १६ सय नयाँ खाद्य उद्योग


२६ बैशाख २०७९, सोमबार १८:३५ मा प्रकाशित

काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनामा झण्डै १ हजार ६ सयभन्दा बढी खाद्य उद्योग स्थापना भएका छन् । खाद्य परिकारको उत्पादन, वितरण र प्याकेजिङ गर्ने १६ सय २१ वटा उद्योगले नयाँ स्थापनाका लागि विभागबाट सिफारिस पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

जसमध्ये २६७ नयाँ उद्योगको सिफारिस पछिल्लो तीन महिनामा भएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनकाअनुसार यस अवधिमा ६९७ वटा उद्योगले खाद्य वस्तु उत्पादनको अनुज्ञापत्र पाएका छन् भने १५ सय २३ वटा उद्योगको अनुज्ञापत्र नवीकरण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here