थप ८ जनामा कोरोना संक्रमण पुष्टि


२६ बैशाख २०७९, सोमबार १७:१३ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ९३ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार २ सय ९ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा १ सय ९० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here