झापा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताउनु भएको छ ।
आइतबार अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्जसमेत रहनु भएका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहेपनि औपचारीक घोषणकालागि बैशाख ३० पर्खिएको बताउनुभयो ।
उहाँले अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले यूवा नेता बलदेव गोम्देनलाई मेयर पदको उम्मेदवार बनाएसंगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको बताउनुभयो ।
गोम्देन उम्मेदवार चनिएसंगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावी गर्नुभयो ।
अहिले नगरमा देखिएको नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उहाँले बताउनुभयो । नगरबासीमा लोकप्रिय नेता बलदेवले ५ बर्षको अवधिमा वडाअध्यक्ष हुँदा गरेका काम, विकासप्रतिको लगाव र कटिबद्धतानै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाई थियो।





