प्रहरीले उम्मेदवारहरूलाई भन्योः प्रचारका बेला अपरिचित व्यक्तिले दिएको बस्तु नखानू


२५ बैशाख २०७९, आईतवार १९:०८ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको कुनै बस्तु नखान उम्मेदवारहरूलाई आग्रह गरेको छ।

प्रसाद वा सगुनको रुपमा कुनै पनि बस्तु नलिन उम्मेदवारहरुलाई आग्रह गरेको हो।

आइतबार सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचार–प्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात केही बेहोस् हुने र केही चक्कर लागेर लड्नेजस्ता घटना हुन थालेको पाइएको भन्दै सचेत गराएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here