संसद बैठक आह्वान गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस


२५ बैशाख २०७९, आईतवार १५:११ मा प्रकाशित

काठमाडौं । सरकारले संघीय संसदको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ४ गते संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो ।

सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here