पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताउनु भयो ।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिष्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भवहुने बताउनु भयो ।
कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उहाले दम्भले केपी ओलीको विनाश गराएको जिकीर गर्नु भयो ।
पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटले उम्मेदवारी दिनु भएको छ । मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टिसमेत देखिएको थियो ।





