स्वास्थ्य मन्त्रालयले मतदानका दिन कोरोनाविरुद्ध खोप अभियान सञ्चालन नगर्ने


२५ बैशाख २०७९, आईतवार १४:०३ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्थानीय तहको निर्वाचनको दिन बैशाख ३० गते कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन नगर्ने जनाएको छ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन नगर्न जनाएको हो।

सबै कर्मचारी मतदान गर्न जानु पर्ने भएकाले खोप अभियान सञ्चालन गर्न नसकिने मन्त्रालयले जनाएको हो।

मन्त्रालयले सबै मतदाताले मतदानका क्रममा स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here