दुई महिला मेयर उम्मेदवारलाई जसरी पनि जिताऔंः देउवा, दुई गठबन्धनबीचको ब्याटलः प्रचण्ड


२३ बैशाख २०७९, शुक्रबार १८:०२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले छमध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउन आग्रह गर्नु भएको छ।

भरतपुरको मेयरमा रेनु दाहाललाई र काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउन उहाँले आग्रह गर्नुभएको हो।

सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै देउवाले महिलालाई मेयरमा जिताउन आग्रह गर्नुभयो।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन दुईवटा गठबन्धनको ब्याटल हुने बताउनुभयो ।

चुनावी सभामा उहाँले देशमा एउटा संविधान, संघियता, परिवर्तन विरोधी गठबन्धन र अर्को प्रगतिको पक्षधर गठबन्धन रहेको र ती गठबन्धनबीच लडाइँ हुने बताउनु भयो।

“हामी सबैले हँसिया हथौडा, कलम अरू जति आपसी चुनाव चिह्न छन्, यसलाई सहज रूपमा लिन सक्नुप‍र्‍यो,” जुन दिनसम्म हामी कांग्रेस, कम्युनिस्ट आगो बारबार, पानी बाराबार हेर्नै नहुने दुष्मनै जस्तो ठान्ने गर्यौं । ३० वर्ष बितायौं । के पायो देशले ?,” उहाँले प्रश्न गर्नु भयो ।

त्यसैगरी उहाँले अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न नसकेको भन्दै अहिले हाल्नैपर्ने बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here