रामपुर । अन्यत्र जस्तै स्थानीयबासीलेआधुनिक प्रविधिको विकासको माग उम्मेदवारहरूलाई राखेजस्तै पाल्पालको रामपुरका स्थानीयबासीले पनि नगरमा आधुनिक प्रविधियुक्त संरचनाको विकासको माग गरेका छन्।
त्यही मागलाई सम्बोधन गर्न रामपुर नगरपालिकाका लागि नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार शिव अर्यालले प्रतिवद्धता व्यक्त गर्नु भएको त्यहाँबाट सहकर्मी बन्दना पोखरेलले जनाउनु भएको छ।
अर्यालले रामपुरलाई ‘डिजिटिल रामपुर’को अवधारणा अघि सार्दै सोही अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो।
“रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसीबसी सेवा लिन पाउने गरि डिजिटल अवधारणा ल्याइएको छ, ” अर्यालले बताउनु भयो।
उहाँले नगरका सबै वडामा एम्बुलेन्स सेवा सञ्चालन गरेर प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
विकासका पूर्वाधारहरुलाई स्तरोन्नति गर्ने र अधुरा कामलाई पूरा गरि पाँचवर्ष भित्र रामपुरलाई समुन्नत र नमूना नगर बनाउने योजना सहित अर्यालको टोली घरदैलो अभियानमा छ।
रामपुरलाई आत्मनिर्भर बनाउदै लैजाने एमालेको तर्फबाट उप मेयर पदकी उम्मेदवार दुर्गादेवी रानाले बताउनु भएको छ।





