पिछडिएको लालझोडा क्षेत्रको बिकासका लागी शिवसताक्षी नपा ७ मा अध्यक्ष पदमा उम्मेदवारी दिएको मित्रलाल तिवारीको भनाई


२२ बैशाख २०७९, बिहीबार १९:१६ मा प्रकाशित

शिवसताक्षी । नेकपा एमालकोे शिवसताक्षी नगरकमिटीले आफनो घर दैलो कार्यक्रम सुरु गरेको छ ।

यस्तै क्रममा स्थानीय तह निर्वाचन मिति नजिकिएसंगै एमालेको तर्फबाट बडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार मित्रलाल तिवारीले पिछडिएको लालझोडा क्षेत्रको बिकासका साथै आदीवासी समुदायको स्तर उन्नितको लागी जनताले आफुलाई वडा अध्यक्षको रुपमा बिजय गराउने दावी गर्नु भयो ।बडा नम्बर ७ मा सम्पन्न घर दैलो कार्यक्रम लाई सम्बोधन गर्दै तिवारीले आफनो वडाको बिकासमा हिजोको स्थानिय सरकारले खासै चासो नदिएकोले आदीबासी जनसमुदायको जिवनस्तर उकास्न नसकिएको बताउनु भयो ।

माईपारी पारी क्षेत्रको कटानको समस्या, आदीबासी समुदायको शिक्षा,स्वास्थ,खानेपानीका लागि पहिलो प्राथमिकता रहेको बताउनु भयो । ६ हजार ९ सय १३ मतदाता रहेको उक्त वडामा ३ सय ३० घर धुरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here