निर्वाचन आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैनः विपुल पोखरेल


२० बैशाख २०७९, मंगलवार १४:४४ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताउनु भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको आरोप लगाउनु भयो।

राज्यले प्रविधिलाई मात्रै हेरेर कानुनहरू बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उहाँले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताउनु भएको हो ।

उहाँले पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष पोखरेललले राज्यले सधैँभरि प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनु भयो । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दिगो हुने उहाँको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here