भारतमा बोइङ ७३७ विमान तुफानमा फस्यो, ४० जना घाइते


१९ बैशाख २०७९, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं । भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान तुफानमा फसेको छ ।

सो कारणले करिब ४० जना घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

पाइलटको सुझबुझका कारण विमान सुरक्षित रनवेमा ल्याण्डिङ गर्न सफल भएको बताइएको छ । घाइतेहरुको उपचार भइरहेको छ ।

मिडिया रिपोर्टअनुसार विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्याण्डिङ हुँदै थियो । तर अचानक तुफानमा जहाज फसेसँगै जहाज हल्लिँदा ४० घाइते भएका हुन् ।

हिन्दूस्तान टाइम्सका अनुसार पाइलटले खतरा सम्हाल्नका लागि सबैलाई सिट बेल्ट लगाउन आग्रह गरेका थिए ।

तर बताइएअनुसार उक्त स्थितिमा खाना सर्भिस चालु भएका कारण सोही ट्रलीमा ठक्कर खाएर केही घाइते भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here