बालिकाको बिएण्डसीद्वारा उद्धार, कुनै राजनीतिक स्टन्टको लागि नभएको दुर्गा प्रसाईको भनाइ


१५ बैशाख २०७९, बिहीबार १२:०२ मा प्रकाशित

अर्जुनधारा । बिगत लामो समयदेखि आर्थिक बिपन्नताको कारणले उपचार खर्च जुटाउन नसकी ओछयानमा थला परेकी अप्सरा तामाङलाई नेकपा एमालका केन्द्रीय सदस्य दुर्गा प्रसाई र नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिका मेयरका प्रत्यासी बलदेव तामाङले उदार गरि निशुल्क उपचार गरिदिने घोषणा गर्नु भएको छ ।

भोजपुुरको तेलिभञ्ज्याङ घर भएकी तामाङको आर्थिक अवस्था कमजोर भएसी जीविकोपार्जनका निम्ति नारायणघटस्थित एक घरमा काम गर्ने क्रममा उनको दुबै खुट्टा र एक हात चल्न छाडेको थियो ।

एक जना आफन्त पर्ने दाजुको सहयोगमा उनी अजुर्नघारा ५ मा वस्दै आएको घर धनी सन्तमाया तामाङले जानकारी दिनु भयो ।

आर्थिक बिपन्नताको कारणले कुजिएकी बिरामी चेलीलाई उपचार गरिदिन पाउदा आफूलाई खुसी लागेको दुर्गा प्रसाई बताउनु हुन्छ । आफूले कुनै राजनितिक स्टन्टको लागि यो सबै नगरेको भन्दै निस्वार्थ सेवाको भावनाले काम गरेको प्रसाईले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here