सुनको मूल्यमा १००० रूपैयाँको गिरावट


१५ बैशाख २०७९, बिहीबार ११:३९ मा प्रकाशित

काठमाडौं, वैशाख १५ । आइतबार यता लगातार घटिरहेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।

बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।

बुधबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबारको लागि ९७ हजार पाँच सय रूपैयाँ तोकिएको छ । बुधबार तोलामा १० रूपैयाँ घटेको चाँदी बिहीबार २० रूपैयाँ घटेको छ ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here