युक्रेन युद्धमा हस्तक्षेप नगर्न पुटिनको चेतावनी


१५ बैशाख २०७९, बिहीबार ०८:२९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिनुभएको छ ।

रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिनुभएको छ ।

आफ्नो चासो, स्वार्थ र वर्चश्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिच्किचाउने पुटिनको भनाई छ ।

लरुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गरिरहेका अमेरिका, जर्मनी, बेलायत लगायतका देशहरुले पछिल्लो समय आधुनिक हतियारहरु दिन थालेपछि रुस झन झस्किएको छ ।

रुसको अस्तित्वमाथि सामान्य चुनाती देखा परेपनि सम्पूर्ण शक्ति लगाउन पछि नपर्ने भन्दै पुटिनले आवश्यक परे ब्यालेस्टीक मिसाइल र आणविक हतियार प्रयोग गर्नसक्ने संकेत समेत गर्नुभएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here