सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकापा ४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन ।
हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १ -०२ -००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका १ चतरा ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका थिए ।
घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
बस, चालक बराहक्षेत्र १ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।





