मतदाता सत्ता गठबन्धनको बधुवा मजदुर हैन्न : योगश भटराई


८ बैशाख २०७९, बिहीबार १०:५३ मा प्रकाशित

दमक । नेकपा एमाले केन्द्रीय सचिव योगश भटराईले मतदाताहरु सत्ता गठबन्धन दलको बधुवा मजदुर नभएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भटराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाएर राख्न नसक्ने भन्दै आम मतदाताहरु आफै स्वतन्त्र रहेको बताउनु भयो ।

मतदाताले सही विवेक प्रयोग गरेर मतदान गर्ने र बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेले उत्कृष्ट मतसहित विजय हासिल गर्ने उहाँले बताउनु भयो ।

उहाँले एमालेले मुलुक र राष्ट्रियताको पक्षमा लडेको, भारतसंगको लायन्ड लकलाई परिमार्जन गरेर लायन्ड लिङ्गको काम ओली सरकारले गरेका कारण अहिलेका युवा मतदाताहरुले एमालेलाई भोट हाल्ने बताउनु भयो ।

गठबन्धन सरकारकारले कालोधनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि उनलाई निलम्वनको कारवार्ही गरेको पूर्व पर्यटन मन्त्री भटराईले आरोप लगाउनु भयो ।

भोली बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन सबै स्थानिय तहका उम्मेदवार घोषण गर्ने पनि भटराईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here