एसईई आउँदो शुक्रवार देखि सुरु हुँदै : देशभरका २ हजार ७ परीक्षा केन्द्रमा सञ्चालन हुने


४ बैशाख २०७९, आईतवार १२:४६ मा प्रकाशित

काठमाण्डाै । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

 यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ ।

सरकारको निर्णय अनुसार वैशाख ३० गते पालिका चुनाव हुने भएकाले त्यसअघि नै परीक्षा गर्ने गरी बोर्डले मिति तय गरेको थियो ।

७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो। नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here