बझाङमा जीप दुर्घटना : एक जनाको ज्यान गयो, ८ जना घाइते


४ बैशाख २०७९, आईतवार १२:०२ मा प्रकाशित

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति खडकबहादुर बोहरा र उहाँको परिवार चढेको जीप दुर्घटना हुँदा बोहराका २७ वर्षका छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा बोहराकै बुहारी १९ वर्षीया अन्जुदेवि घाइते हुनुभएको छ । उहाँको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको छ ।

दुर्घटनामा जिल्ला सभापति बोहरासहित उहाँका कान्छा छोरा २५ वर्षका पारसबहादुर बोहरा, सुर्मा गाउँपालिका वडानम्बर–२ का ४० वर्षीया सिन्कीदेवि बोहरा, ५८ वर्षीया कलकबहादुर बोहरा, ४० वर्षीया रतना बोरहा, जयपृथ्वी नगरपालिका वडा नम्बर–११ का १०१ वर्षीया भोजीदेवि, जीप चालक २२ वर्षीया गोकुल बोहरा सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश(०१–००१ च ००९५ नम्बरको जीप गएराति बझाङको विथ्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलराज चौधरीले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here