स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका १२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।
डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०-५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिप अनियन्त्रित भई खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘तीन जना घाइते छन्। उनीहरूको उपचारको लागि पठाइएको छ।’
घाइतेको उपचारको लागि दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र अर्को एक जनाको गण्डकी अस्पताल पोखरामा पठाइएको छ। गण्डकी अस्पतालमा पठाइएका व्यक्तिको अवस्था गम्भीर भएको थापाले बताए।
घटनास्थलमा प्रहरी नायब उपरीक्षक सहितको टोली खटिएको छ। दुर्घटनास्थलमा खोजी समेत गरिरहेको प्रहरीले जनाएको छ।‘जिपमा कति जना छन् भन्ने पनि खुलेको छैन,’ उनले भने। मृतकको सनाखत भइसकेको छैन।





