भारतमा कोरोनाको चौथो लहरको जोखिम : उच्च सतर्कता अपनाउन निर्देशन


२ बैशाख २०७९, शुक्रबार १९:५९ मा प्रकाशित

नयाँदिल्ली । कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ ।

दिल्ली, महाराष्ट्र, हरियाणा, केरल, मिजोरम र अरुणाचल प्रदेशमा कोरोनाका नयाँ भेरियन्टबाट संक्रमितहरू देखिन थालेपछि चौथो लहरको आशंका गर्न थालिएको हो ।

दिल्लीमा कोरानाका लागि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको एक महिना पनि नबित्दै नयाँ संक्रमितहरू भेटिएका छन् ।

 राजधानी दिल्लीमा कोरोना संक्रमणको स्थिति दुई महिनापूर्वको अवस्थामा फर्केको छ । लगातार दुई दिनयता संक्रमण दर दुई प्रतिशतमाथि छ । एक सातायात क्रमशः होम आइसोलेनमा बस्नेहरुको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको छ ।

संक्रमणदरमा दैनिक रूपमै बढोत्तरी देखिनु चिन्ताको विषय मानिएको छ । यसअघि गत पुसमा २ प्रतिशतभन्दा माथि संक्रमणदर पुगेपछि दिल्ली सरकारले विभिन्न सतर्कताहरु अपनाउन थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here