नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा सवारी दुर्घटना हुदा २६ जना यात्रु घाइते भएका छन् ।
बिहीबार बिहान करिब ११ बजे विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकका अनुसार तीन जना गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र १६ जनाको मध्यविन्दु जिल्ला अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।