बारामा भरुवा बन्दुक पड्किएर युवकको मृत्यु


१ बैशाख २०७९, बिहीबार १३:१० मा प्रकाशित

वीरगञ्ज । बारामा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहा टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको हो ।

दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा बुधबार राति साढे ११ बजे उनलाई गोली लागेको थियो । खोलामै रहेको सिरु घारीमा जंगली जनवारको शिकारको लागि थापेको भरुवा बन्दुकको पासोमा परेपछि बन्दुक पड्किएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ ।

गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा ल्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको खबर बिहीबार बिहान ३ बजे पाएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुक कसको हो, पासोमै परेर उनको मृत्यु भएको हो वा कसैले पड्काएको हो ?

भन्ने बारेमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here