काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको महासंघले जानकनरी दिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३३४ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।





